फाइल फोटो

ब्रेकिङ स्टोरी

आर्थिक अराजकता नियन्त्रणका लागि सरकार प्रतिबद्ध छ : अर्थमन्त्री महत

By खबरहब

July 13, 2023

काठमाडौँ- अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक अराजकता नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक, अन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षकमाथि उठेका प्रश्नको जवाफमा अर्थमन्त्री महतले मुलुकको आर्थिक अवस्था सुधार गर्दै यस क्षेत्रको अराजकता नियन्त्रणका लागि सरकार प्रतिबद्ध बताएका हुन् ।

उनले आर्थिक अवस्था सुधारका लागि अन्य मन्त्रालयसँगको समन्वयमा मन्त्रालय अघि बढेको जिकिर गरे उनले मुलुकभित्र प्राकृतिक प्रकोपलगायत अत्यावश्यक कामका लागि खर्च गर्नका लागि आकस्मिक कोष र विविध शिर्षकमा बजेट राखिएको पनि बताए ।

अर्थमन्त्री महतले आकस्मिक कोष र विविध शिर्षकमा राखिएको बजेट पूर्ण रुपमा पारदर्शी हुने र यसको दूरुपयोग हुन नदिने स्पष्ट पारे । उनले अनावश्यक खर्च रोक्ने र अनुशासनलाई पहिलो प्राथमिकताम राखिएको उल्लेख गरे ।

उनले लक्ष्यअनुसारको आम्दानी नभएका कारण संघीय सरकारको बजेट घटाएको र केही मात्रामा प्रदेश सरकारको बजेट पनि कम गरिएको बताए ।