ब्रेकिङ स्टोरी

राष्ट्रियसभाले पारित गर्‍यो विनियोजन विधेयक

By खबरहब

July 13, 2023

काठमडौँ- राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० पारित गरेको छ ।

बिहीबार बसेको राष्ट्रियसभा बैठकले अर्थमन्त्री डा प्रकाशशरण महतले राखेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।

उक्त विधेयक पारित गर्नुअघि राष्ट्रिय सभामा छलफल भएको थियो । छलफलका क्रममा उठेका प्रश्न र जिज्ञासाको अर्थमन्त्री डा प्रकाशशरण महतले जवाफ दिएका थिए । यसपछि निर्णयार्थ प्रस्तुत गरिएको उक्त विधेयकलाई बैठकले बहुमतले पारित गरेको हो ।