खेलकुद

अरब क्लब च्याम्पियन्स : रोनाल्डो चम्किँदा अल नासर च्याम्पियन

By खबरहब

August 13, 2023

काठमाडौँ- अरब क्लब च्याम्पियन्स कपको उपाधि साउदी क्लब अल नासरले जितेको छ ।

गएराति किङ पाद स्टेडियम साउदीमा भएको फाइनल खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोको सानदार प्रदर्शनसँगै अल नासर च्याम्पियन बनेको हो ।

साउदीकै अल हिलालमाथि अतिरिक्त समयमा २–१ को पुनरागमन जित निकाल्दै अल नासर विजयी भयो ।

अल नासरका लागि कप्तान रोनाल्डोले दुई गोल गरे भने अल हिलालका माइकलले एक गोल गरेका थिए ।  

अरब क्लब च्याम्पियन्स कपमा रोनाल्डोको यो छैटौँ खेलमा छैटौँ गोल हो । उनले समूह चरणको पहिलो खेलमा बाहेक त्यसपछिका सबै खेलमा गोल गरेका छन् ।