फाइल फोटो

देश/प्रदेश

चुरे दोहनका कारण मधेश मरुभूमि बन्दैछ : कृषि मन्त्री भुसाल

By खबरहब

August 13, 2023

महोत्तरी– कृषि तथा पशुपक्षी विकास मन्त्री बेदुराम भुसालले चुरे दोहनले मधेशको उर्वर भूमि विस्तारै मरुभूमि बन्दै गएको बताएका छन् ।

ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना मधेश प्रदेशले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पुगेका मन्त्री भुसालले मधेशमा चुरे दोहन मुख्य समस्या रहेको बताए ।

विशेषगरि धान उत्पादनमा यसको प्रभाव प्रत्यक्ष परेको बताउँदै चुरे हरियाली नभएसम्म तराइका जमिन बन्झर नै बनिरहने उनको तर्क छ ।

‘मधेशको प्राण मानिने चुरेको निरन्तर दोहनले कृषियोग्य भूमिहरु मरुभूमि बन्दै छन्,’ उनले भने, ‘अब चुरे बचाउनुको विकल्प नै छैन ।’ उनका अनुसार चुरे रहेसम्म मधेश रहने बताउँदै स्थानीय र सरोकारवालाहरू नै दोहन नियन्त्रण गर्न लाग्न ढिलाइ भइसकेको छ ।

पछिल्लो केही वर्ष यता मधेशमा चुरे दोहनकै कारण सिँचाइका नहरहरू सुकेका छन् भने खानेपानीको समस्या बढ्दै गएको छ ।

मधेशका जिल्लाहरूमा खानेपानी र सिँचाइको  हाहाकार नै बने पछि मधेशलाई सुख्खा क्षेत्र घोषणा गर्न सरोकारवालाहरूले माग गरेका थिए ।