आर्थिक

आज सुनचाँदीको भाउ स्थिर

By खबरहब

August 13, 2023

काठमाडौँ– नेपाली बजारमा साताको पहिलो दिन आज सुनचाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार पनि सुनको भाउ आजकै जति रहेको थियो ।

आज चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदीको भाउ प्रतितोला १३ सय ७५ रुपैयाँ कायम रहेको छ । यसअघि शुक्रबार पनि सोही भाउमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९१४.४७ डलरमा कारोबार भइरहेको छ ।