सांकेतिक तस्बिर

देश/प्रदेश

बलात्कारको आरोपमा एक युवक पक्राउ

By खबरहब

August 13, 2023

मोरङ– १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङको लेटाङ नगरपालिका–५ बस्ने २३ वर्षीय युवराज महरालाई प्रहरीले पक्राउ गरेको छ ।

महराले ती किशोरीलाई साउन २० गते बेलुकी सोही ठाउँस्थित बाँसघारीमा ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।