फाइल फोटो

ब्रेकिङ स्टोरी

पार्टीका सबै सदस्य अनुशासनमा बस्नुपर्छ : कांग्रेस प्रवक्ता महत

By खबरहब

August 13, 2023

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले पार्टीका सबै सदस्य अनुशासनमा बस्नुपर्ने बताएका छन् ।

कांग्रेस संसदीय दलको बैठकपछि सांसद सुनिल शर्मालाई लक्षित गर्दै प्रवक्ता महतले पार्टीको सदस्य भएपछि पार्टीको अनुशासन र मर्यादाभित्र बसेर आफ्नो विचार राख्नुपर्ने बताए ।

प्रवक्ता महतले सांसद शर्माको पार्टीको मर्यादा र अनुशासन पालनमा प्रश्न उब्जिएको बताए ।

महतले भने, ‘संसदीय दलमा अनुशासन र मर्यादाको कुराबारे पनि प्रश्न उठेका छन् । के बोल्नु हुन्छ के हुँदैन भन्ने कुरा उठेका छन् । संस्थाको अभ्यास गर्दै आएको भएपनि त्यो नर्म्समा बस्न सक्नुपर्छ । पार्टीका सबै सदस्यले त्यो नर्म्समा बसेर कुरा गर्नुपर्छ ।’