आर्थिक

नेप्सेमा दोहोरो अंकको वृद्धि

By खबरहब

August 13, 2023

काठमाडौँ- सातामा कारोबार हुने पहिलो दिन आइतबार नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । नेप्सेमा सुधार देखिएसँगै ९ उपसूचकमा हरियाली छाएको छ ।

आइतबार नेप्से सूचकांक १४.८१ अंकले बढेर २०८०.८६ विन्दुमा कायम भएको छ । आइतबार नेप्सेमा सूचीकृत कुल २७१ कम्पनीको ९७ लाख १८ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १ करोड ८४ लाख ६० हजार रुपैयाँको कारोबार भएको छ ।

आइतबार निर्जीवन बिमा उपसूचक सर्वाधिक २.२१ प्रतिशतले बढेको छ भने दोस्रोमा होटल तथा पर्यटन उपसूचक १.८७ प्रतिशतले बढेको छ । त्यस्तै, आइतबार माइक्रोफाइनान्स उपसूचक सर्वाधिक ०.३५ प्रतिशतले घटेको छ ।