ब्रेकिङ स्टोरी

बालुवाटारमा माओवादी पदाधिकारी बैठक जारी

By खबरहब

August 13, 2023

काठमाडौँ- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ ।

प्रधानमन्त्रीको सरकाकरी निवास बालुवाटारमा जारी बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने मन्त्रिपरिषद् सदस्य हेरफेरको विषयमा छलफल भइरहेको छ ।

पर्यटनमन्त्री सुदन किराँती र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने तयारी गरेको माओवादी पदाधिकारी बैठकमा पार्टीबाट मन्त्री बनेका नेताहरु पनि सहभागी छन् ।