ब्रेकिङ स्टोरी

सुन भित्र्याउने समूहसँगको सम्बन्धबारे प्रष्ट पार्न महरालाई माओवादीको आग्रह

By खबरहब

August 13, 2023

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारमा संलग्न रहेका कसैलाई पनि नछाड्ने बताएका छन् ।

मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल गर्न आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकमा प्रचण्डले सुन प्रकरणमा दोषी देखिएका सबैलाई कारबाही गरिने बताएका हुन् । सुन प्रकरणमा माओवादी नेताहरूकै संलग्नता रहेको प्रश्न उठ्न थालेको भन्दै उनले दोषी भए जेल बस्न तयार हुन समेत चेतावनी दिए ।

प्रचण्डले ९ किलो सुन भित्र्याउने समूहसँगको सम्बन्धबारे प्रष्ट पार्न पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुललाई आग्रह समेत गरेका छन् । बैठकमा सहभागी एक पदाधिकारीका अनुसार ९ किलो सुन प्रकरणबारे महराको कल डिटेल आएकाले यसबारे प्रष्ट पार्नुपर्ने नेताहरुको जोड छ ।