फाइल तस्वीर

अन्तर्राष्ट्रिय

जर्मनीमा ४२ हजारभन्दा धेरै भारतीय विद्यार्थी अध्ययनरत

By खबरहब

August 13, 2023

नयाँ दिल्ली- जर्मनीमा अध्ययनरत विदेशी विद्यार्थीमध्ये भारतीय मूलका सबैभन्दा धेरै रहेको पाइएको छ । भारतका लागि जर्मन राजदूत फिलिप एकरम्यानले आफ्नो मुलुकमा भारतीय विद्यार्थीहरु सबैभन्दा धेरै रहेको जानकारी दिएका हुन् ।

उनका अनुसार जर्मनीमा हाल ४२ हजारभन्दा धेरै भारतीय विद्यार्थी अध्ययनरत छन् । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा २५ प्रतिशत बढी रहेको उनको भनाइ छ ।

जर्मन राजदूतले सामाजिक सञ्जालमार्फत् यसबारे जानकारी गराएका हुन् । भारतीय समाचार संस्था एएनआईका अनुसार उनले जर्मनी अझै पनि भारतीय विद्यार्थीका लागि आकर्षक गन्तव्य रहेको पनि बताएका छन् ।

उनले जर्मन विश्वविद्यालयमाझ भारतीय विद्यार्थीहरुको सकारात्मक छवि रहेको पनि जनाए । यसै कारण जर्मन विश्वविद्यालयहरु भारतीय विद्यार्थीलाई भर्ना गर्न उत्साहित हुने गरेको उनको भनाइ छ ।