देश/प्रदेश

आज कतिमा कारोबार भइरहेको छ फलफूल तथा तरकारी ?

By खबरहब

September 13, 2023

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेँडा प्रतीकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेँडा ४०, टनेल गोलभेँडा सानो ६०, लोकल गोलभेँडा सानो ५०, घिउ सिमी लोकल ५०, काउली स्थानीय ९० रुपैयाँ र आलु रातो ५६, मुडे आलु रातो ५०, भारतीय आलु रातो ३५, लौका ३०, हरियो फर्सी ५०, घिरौँला ३० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतीकेजी ३०० रुपैयाँ, बन्दा लोकल ६०, गाँजर १३०, मूला सेतो ८०, हाइब्रीड मूला १००, भन्टा डल्लो ६०, भन्टा लाम्चो ४०, मकै बोडी ८०, टाटे सिमी ७०, तितो करेला ९०, ब्रोकाउली ३००, कागती १८०, भिन्डी ३०, निगुरो ८०, रातो बन्दा प्रतीकेजी २०० रुपैयाँ तथा लोकल काँक्रो ८०, अदुवा प्रतीकेजी १४० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरिलो प्रतीकेजी ४५०, केरा दर्जनको १४०, अनार ३२०, नासपाती ८०, एभोकाडो २००, कालो अङ्गुर ४५०, किवी ४००, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ, रहु माछा ३६०, छडी माछा २४०, मुँगरी माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

यस्तै, लप्सी प्रतीकेजी ६०, हरियो धनियाँ १००, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २३०, परवर ४०, गुन्द्रुक २५०, पुदिना ५००, भारतीय प्याज सुकेको ६५, लसुन हरियो २५०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ८०, सरिफा २००, फूजी स्याउ ३२०, अम्बा १००, मौसम १५०, जुनार ३२०, अमला १२०, तोफु ११०, पिँडालु ६०, तामा ९०, चुकन्दर ८०, निबुवा ६०, कन्य च्याउ १८०, तने बोडी प्रतीकेजी ५० रुपैयाँमा कारोबार भइरहेको छ ।