सांकेतिक तस्बिर

देश/प्रदेश

तीन लाख रुपैयाँसहित एक भारतीय पक्राउ

By खबरहब

September 13, 2023

कोहलपुर– बाँकेको सीमावर्ती क्षेत्र जमुनाह नाकाबाट तीन लाख रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

भारतको बहराइच  जिल्लाका ३० वर्षीय इस्तियाक अहमदलाई  सीमा सुरक्षा गुल्म(बीओपी) जमुनाहले नियन्त्रणमा लिएको हो ।

युपी ३२ एलएच ३७०४ नम्बरको भारतीय मोटरसाइकलबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा उनलाई स्रोत नखुलेको तीन लाख रुपैयाँसहित पक्राउ गरिएको हो ।

भारतबाट मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका अहमदको साथमा फेला परेको सो रकमको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको जिल्ला भन्सार कार्यालयले जनाएको छ ।

नियन्त्रणमा लिएका उनलाई बरामद रकम र मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बाँकेमा बुझाइएको छ ।