देश/प्रदेश

खेलकुदमन्त्री लिम्बूलाई मातृशोक

By खबरहब

October 13, 2023

काठमाडौँ- मोरङ क्षेत्र नम्बर १ का सांसद तथा नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई मातृशोक परेको छ ।

लेटाङ ६ गुवाबारी निवासी लिम्बूकी आमा हंसनुमा लिम्बूको एक सय एक वर्षको उमेरमा आज बिहान आफ्नै निवास निधन भएको हो ।

सात छोरा र पाँच छोरी रहेकी हंसनुमा कान्छा छोरा मन्त्री लिम्बूसँगै बस्दै आएकी थिइन् । उनको पार्थिव शरीर धार्मिक संस्कारअनुसार आज दिउँसो लेटाङ घाटमा अन्तिम दाहसंस्कार गरिने छ ।