ब्रेकिङ स्टोरी

मुख्यमन्त्रीमा केदार कार्कीलाई समर्थन गर्ने सांसदलाई हस्ताक्षर फिर्ता लिन कोशी कांग्रेसको अनुरोध

By खबरहब

October 13, 2023

विराटनगर- नेपाली कांग्रेस कोशी प्रदेश कार्यसम्पादन समितिले पार्टीका प्रदेशसभा सदस्य केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने सदस्यहरुलाई हस्ताक्षर फिर्ता लिन आग्रह गरेको छ ।

पार्टीको कोशी प्रदेश कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्रीमा केदार कार्कीलाई समर्थन गर्ने ८ सदस्यलाई हस्ताक्षर फिर्ता लिन आग्रह गरेको हो ।

बैठकले पार्टीलाई एकताबद्ध बनाउनका लाथि कोशी संसदीय दललाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ ।

केन्द्रले केही निर्देशन दिएमा त्यसबारे निर्णय गर्ने अधिकार प्रदेश पदाधिकारीलाई दिने निर्णय पनि गरेको छ ।

पार्टीले मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य इन्द्र आङ्बोलाई समर्थन गर्ने निर्णय गरेको भएपनि कार्कीले पार्टीका ८ र नेकपा एमालेका सांसदको समर्थनमा दाबी पेश गरेका छन् ।