ब्रेकिङ स्टोरी

देउवा निवासमा कांग्रेस पदाधिकारीको आकस्मिक बैठक सुरु

By खबरहब

October 13, 2023

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको आकस्मिक पदाधिकारी बैठक सुरु भएको छ ।

कोशी प्रदेश सरकार गठन प्रकियाले निम्त्याएको संकटको निकास खोज्नका लागि नेपाली कांग्रेस सभापति देउवाले बोलाएको बैठक भर्खरै सुरू भएको हो ।

कोशी प्रदेशमा कांग्रेसका प्रभावशाली नेता शेखर कोइराला पक्षधरले विद्रोह गरेर केदार कार्कीको नेतृत्वमा नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री दाबी गरेपछि कांग्रेसभित्रको संकट स्पष्ट रुपमा नै देखिएको छ ।

धुम्बाराहीस्थित सभापति देउवाको निवासमा बोलाइएको बैठकमा कोशी प्रदेशमा सरकार गठनसम्बन्धी विषयमा छलफल गरी आवश्यक निर्णय लिने छ । कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्न साँझ ५ बजेसम्म निर्णय लिनु पर्ने भएकाले सभापति देउवाले आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएका हुन् ।