राजनीति

देशलाई दुर्घटनाबाट बचाउन कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार आवश्यक : सांसद गौतम

By खबरहब

October 13, 2023

काठमाडौँ- नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले देशलाई दुर्घटनाबाट बचाउन कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन माग गरेका छन् ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै आज सांसद गौतमले गठबन्धन सरकारले देशको अपेक्षा अनुसार काम गर्न नसकेको टिप्पणी गरे । अहिले व्यवस्था नै अप्ठेरोमा रहेका कारण राष्ट्रिय सहमतिको सरकार उत्तम विकल्प भएको उनको भनाइ छ ।

सरकारमा काम गर्ने सोच नै नरहेको समेत उनको आरोप छ । ‘खाली झण्डा हल्लाएर मन्त्रीजीहरू गएरमात्र के नै हुन्छ ? अहिले मुलुक एकदमै अप्ठेरोमा अवस्थामा पुगेको छ’ उनले भने ।

उनले देश दुर्घटनाको संकेत देखिएको भन्दै सबै राजनीतिक दलहरुलाई बेलैमा विचार नगर्ने हो भने पछि पश्चातापको बाटो बाहेक अरु केही नरहने बताए ।