सांकेतिक तस्बिर

देश/प्रदेश

किशोरीमाथि करणी गरेको आरोपमा बैतडीबाट एक जना पक्राउ

By खबरहब

October 13, 2023

बैतडी- बैतडीमा एक किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ट्रक चालकलाई पक्राउ गरेको छ ।

मेलौली नगरपालिका–७ का महेश ओझालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।

महेन्द्रनगरबाट मेलौलीतर्फ सिमेन्ट बोकेर जाँदै गरेको से १ ख १९७९ नम्बरको मिनिट्रकका चालक ओझाले अन्दाजि १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोप छ । ओझाले सोही मिनिट्रकमा सवार रहेकी किशोरीलाई डोटीको बुडरमा जबरजस्तीकरण गरेको आरोप लागेको छ ।

ट्रकसहित चालक ओझालाई पाटन नगरपालिका–६ को हिरापुरबाट पक्राउ गरिएको प्रहरी निरीक्षक खत्रीले बताए । प्रहरीका अनुसार पीडित किशोरी अत्तरियाबाट बैतडी जान मिनिट्रकमा बसेकी थिइन् । बिहीबार राति ट्रकमा आफूमाथि चालक ओझाले जबरजस्ती करणी गरेको भन्दै उनीविरुद्ध ती किशोरीले प्रहरीमा उजुरी दिएकी छन् ।