ब्रेकिङ स्टोरी

शेखर कोइराला अनुपस्थित भएपछि कांग्रेस कार्यसम्पादन समितिको बैठक निष्कर्षविहीन

By खबरहब

October 13, 2023

काठमाडौँ- शेखर कोइराला अनुपस्थित भएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक निष्कर्षविहीन भएको छ ।

सभापति शेरबहादुर देउवाले शुक्रबार अपराह्न ३ बजेका लागि धुम्बाराहीमा बैठक राखेपनि ढिलो गरी बैठक सुरू भएको थियो । कार्यसम्पादन समिति सदस्य कोइराला अनुपस्थित भएपछि बैठक निष्कर्षविहीन भएको हो ।

प्रचार विभाग प्रमुख मीन विश्वकर्माले कार्यसम्पादन समिति बैठक शनिबार पनि बस्ने जानकारी दिएका छन् । ‘बैठकमा आउँछु, आउँछु भन्दै शेखर कोइराला अनुपस्थित भएपछि भोलिका लागि बैठक सारिएको उनले बताए ।

कोशी प्रदेशमा सत्ता गठबन्धनबाट माओवादीका इन्द्र आङ्बो र नेपाली कांग्रेसका ८ सांसदसहित एमालेका सांसदको समर्थनमा कांग्रेसका केदार कार्कीले मुख्यमन्त्री दाबी गरेका छन् । कांग्रेसका कार्की नेता शेखर कोइरालानिकट हुन् ।