अन्तर्राष्ट्रिय

सशस्त्र झडपमा म्यानमारको सेना कमजोर

By मनोज घिमिरे

November 13, 2023

म्यानमारको सैनिक सत्ताले साह राज्यमा भएको झडपमा तत्काल सेना हाबी भएर नियन्त्रणमा लिन नसके यसले गम्भीर दुर्घटना निम्तिन सक्ने बताएका छन्।

गैर सरकारी सैन्य शक्तिको आक्रमणबाट धेरै सरकारी सेना हताहत भएपछि सन् २०२१ यता शासन गर्दै आएका जनरल मियाट सेउले सो कुरा बताएका हुन्।

साह राज्यको तीन भूमिगत सैन्य शक्तिले सत्ताको विरुद्धमा रहेका अन्य धेरैको साथ पाएपछि ठुलो आक्रमण गरेको थियो। यसले प्रहरी पोस्टमा व्यापक क्षति भएको थियो। चीनसँगका धेरै व्यापारिक नाका समेत विद्रोही समूले कब्जामा लिएको छ।

सेनाले सत्ता लिएको साढे दुई वर्ष यताको सबै भन्दा ठुलो यस आक्रमणका कारण राज्य पक्ष साँच्चै आत्तिएको छ। सरकारले प्रत्याक्रमणको क्रममा थुप्रै हवाई आक्रमण र बम बारी गरेको छ। सोही कारण धेरै जना घर छाड्न बाध्य भएका छन्।

यसका बाबजुद जमिन युद्धमा भएको हारको क्षति त्यस बम बारी पक्कै हुने छैन। सयौँ सेना त्यस युद्धमा मारिएको आशङ्का गरिएको छ। यसरी मारिनेहरूमा सत्तर साहन प्रान्तका ब्रिगेडर जनरल आङ क्वान ली लगायत धेरै जना रहेको आशङ्का गरिएको छ। उनी नै त्यस आक्रमणमा मारिने सबै भन्दा वरिष्ठ सैनिक अधिकृत हुन्।

म्यानमारमा सैनिक सत्ता स्थापना भएपछि जन विद्रोह भएको थियो। सो विद्रोहलाई सरकारी सेनाले दबाएर राखेको थियो। त्यसको लगत्तै त्यहाँ विभिन्न चरणमा आदिवासी समूहले सशस्त्र युद्धको तयारी गरेका थिए। अन्य धेरै सशस्त्र समूह पनि त्यहाँ बलियो हुँदै गएका थिए।

म्यानमारमा अहिले तीन सशस्त्र समूह एकदमै बलिया छन्। चीनको सीमामा रहेको क्षेत्रमा उनीहरूको प्रभाव एकदमै बढी छ। सान क्षेत्रमा भएको बेतिथिका कारण त्यहाँ आक्रोश बढी रहेको छ।

सरकारी निकायप्रतिको आक्रोश त चिनियाँ र अन्य विदेशी नागरिकमा अझ बढ्दो छ। कुनै समय आफ्नै देशको सरकारबाट प्रताडित भएर म्यानमार पुगेका उनीहरूका लागि म्यानमार पनि सहज भने हन सकेको छैन। उनीहरूको काममा घोटाला भए पछि धेरै चिनिया र अन्य विदेशी नागरिक समेत म्यानमार सरकारको विरुद्धमा रहेका हुन्।

दुई वर्ष अघि न धेरै युवा थाइल्यान्ड, भारत र चीनको सीमामा रहेको सैन्य प्रशिक्षण शिविरमा पुगेका थिए। त्यहीबाट धेरै सरकारी बाहेक अन्य सेनाको पनि उपस्थिति भएको हो।

कारेन, काचिन तथा कारनी एन्ड चीन यी तीन वटै सैन्य समूहको लक्ष्य राष्ट्रिय सरकार गठन गर्ने हो। यसरी त्यहाँ सशस्त्र तयारी गर्ने अन्य समूह चीन र थाइल्यान्डको सीमामा जोडिएका छन्।

अवैध लागू पदार्थको कारण धेरै नै बदनाम सो क्षेत्रमा अहिले क्यासिनो व्यवसायले धेरै प्रभाव जमाउन थालेको छ। सन् १९४८ मा म्यानमार स्वतन्त्र भए यता सरकारले चासो नदिएको सा क्षेत्र गरिब भूमिको रूपमा समेत चित्रित छ। त्यहाँ थुप्रै आदिवासी समूह अहिले सङ्घर्ष गरी रहेका छन्।

त्यहाँ दुई आदिवासी पारस्परिक प्रतिद्वन्द्वी समूहको सबै भन्दा धेरै प्रभाव रहेको थियो। तथापि त्यहाँ चार साना आदिवासी समूहको प्रभाव धेरै छ। त्यसमध्यको सबै भन्दा प्रभावकारी समूह हो। २० हजार सेना रहेको समूहलाई चीनले पनि साथ दिएको छ।

यो समूहलाई पनि प्रजातान्त्रिक शासन विरोधी समूहको रूपमा चित्रित गरिन्छ। त्यसपछिको प्रभावकारी आदिवासी समूह कोकाङ र पालुवाङ हो। सन् २००९ देखि सशस्त्र अभ्यासको सुरुवात गरेको टाङको पनि त्यहाँ प्रभाव छ। राखिनेको पनि त्यत्तिकै प्रभाव छ।

अहिले पूर्वी क्षेत्रमा रहेको आखन आर्मीसँग धेरै हतियार छन्। सन् १९८९ मा वाले म्यानमाको सैनिक सरकारसँग सम्झौता गरेको थियो। त्यसै समूहमा सेनाको विरुद्धमा रहेका अन्य धेरै समूहको हतियार त्यहाँ पुगेको जनाइएको छ। अन्य तीन सैन्य सङ्गठनले आफ्नो बिचमा भातृ सम्बन्ध रहेको जनाउँदै आएका छन्।

यिनीहरूले देशका अन्य भागमा हतियार उपलब्ध गराउने कामका साथै प्रशिक्षण पनि दिने गरेका छन्। यो लडाइँको उद्देश्य सधैँ राष्ट्रिय एकताको विषय भन्दा आफ्नो प्रभावमा धेरै भूमि राख्ने भन्ने मात्र हुने गरेको थियो।

चीनले सैन्य सरकारलाई सहयोग गरीरहेको छ। तीन सशस्त्र सङ्गठनको नामो निसान चीन चाहँदैन। गत जुनमा सैन्य सरकारलाई बलियो बनाउन चीनले वार्ताको तयारी पनि गरेको थियो। पछिल्लो समय अधिकतम समय प्रजातन्त्रको पक्षमा रहेका कारण प्रजातन्त्र र मानव अधिकार विरोधी सरकारलाई साथ दिने चिनियाँ प्रस्तावलाई धरै युवाले अस्वीकार गरे।

यो आक्रमणको सुरुवात २७ अक्टोबरको दिन भएको थियो। यस कारण यसलाई १०२७ पनि भन्ने गरिन्छ। अहिले यसले ठुलो फड्को मारी रहेको छ। चार सहरका १ सय भन्दा बढी सैन्य पोस्टमा उनीहरूले आक्रमण गरेका छन्। चिनियाँ सहरमा जाने नाकाहरूमा कब्जा जमाइएको छ।

सेनाको प्रवेश रोक्न धेरै पुल भत्काइएका छन्। सेनाको परिवार धेरै रहेको लाउकिङ सहरलाई अहिले घेराबन्दी गरिएको छ। त्यस सहरमा अहिले खाद्यान्न समस्या उत्पन्न हुने जोखिम बढेको छ। त्यहाँ सीमित खाद्यान्न मात्र बाँकी छ। त्यो तीन समूहले आफ्नो लक्ष्य भनेकै सैन्य सत्तालाई विस्थापित गर्ने भएको उद्घोष गरिसकेको छ।

सायद उनीहरूको यो अभियानले सार्थकता पाउने छ। छिमेकी चीनले भने सैन्य सत्ता जोगाउनकै लागि उनीहरूलाई पछि धकेल्न प्रयास गरिरहेको छ। चीनले म्यानमारको आन्तरिक मामलामा प्रजातन्त्र विरोधी भूमिका निर्वाह गर्दै आएको छ। विगतको यस नीतिलाई अहिले पनि यथावतै नै राखिएको छ। स्रोतः बीबीसी