देश/प्रदेश

मोरङमा आगो निभाउने क्रममा २५ जना घाइते

By खबरहब

November 13, 2023

मोरङ– मोरङको उर्लाबारीस्थित एक सुन पसलमा लागेको आगो निभाउने क्रममा २५ जना घाइते भएका छन् ।

मोरङको उर्लाबारी नगरपालिका–७ स्थित दीपक कार्कीको घरमा रहेको सुन पसलमा गएराति लागेको आगो निभाउने क्रममा चार प्रहरीसहित २५ जना घाइते भएका हुन् ।

घाइतेहरूको झापाको बिर्तामोड, विराटनगर, उर्लाबारीको गोदावरी तथा अरनिको अस्पतालमा उपचार भइरहेको छ ।

सुन पसलभित्र आगलागी भएपछि सटर खोल्दा आगोको मुस्लोले लागेर उनीहरू घाइते भएको स्थानीयले बताएका छन् । आगलागीको कारण भने खुलेको छैन ।