देश/प्रदेश

भूकम्पपीडितलाई पाँच लाख ५५ हजार सहयोग

By खबरहब

November 13, 2023

काठमाडौँ– नेपाल प्रहरी श्रीमती सङ्घले भूकम्पपीडितका लागि पाँच लाख ५५ हजार पाँच सय ५५ सहयोग गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सङ्घकी अध्यक्ष लक्ष्मी कुँवरले सङ्घका तर्फबाट चेक हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरणका अवसरमा सङ्घका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो । 

अध्यक्ष कुँवरले पीडितलाई थोरै भए पनि सहयोग पुगोस् भनेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई उक्त राहत हस्तान्तरण गरिएको बताए। जाजरकोट, रुकुम पश्चिमलगायत जिल्लाका भूकम्प प्रभावितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषका लागि उक्त रकमको सहयोग गरिएको सङ्घले जनाएको छ ।