समाचार

ट्रिपर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

By खबरहब

December 13, 2023

बुटवल– दाङमा ट्रिपर र मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । घटनामा एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा लमही– ४ निवासी ६४ वर्षीया दीपा बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। मोटरसाइकल चालक दीपाका छोरा सफल बुढाथोकी घाइते भएका छन् ।

दाङका प्रवक्ता एवम् डीएसपी जनक बहादुर मल्लका अनुसार घोराहीबाट लमहीतर्फ जाँदै गरेको नरा १ ख २८४० नम्बरको खाली ट्रिपर र सोही दिशातर्फ जाँदै गरेको नरा ७ प ३३३१ नम्बरको मोटरसाइकल घोराही ३ मसोट नजिकै आपसमा ठोक्किएका थिए ।

घाइते सफलको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। टिपर चालक घोराही १४ का ३२ वर्षीय प्रकाश केसीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।