साङ्केतिक तस्वीर

देश/प्रदेश

आर्थिक मन्दीले पर्साका १७७ उद्योग बन्द

By खबरहब

December 13, 2023

वीरगञ्ज– आर्थिक मन्दीका कारण पर्सामा आर्थिक वर्ष २०७९-८० मा १७७ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आर्थिक वर्ष २०७९-८० मा १७७ उद्योगले लगत कट्टा गराएका छन् । आव २०७८-७९ मा पर्सामा १५२  उद्योगले  लगत कट्टा गरिएका थिए ।

बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायत कारणले उद्योगहरुको धमाधम बन्द भएका घरेलु तथा साना उद्योग कार्यालय प्रमुख धनञ्जयकुमार सिंहले बताएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयमा  आर्थिक वर्ष २०७९-८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएका थिए भने आव २०७८-८९ मा एक हजार ४८० उद्योग दर्ता भएका थिए ।

आव २०७९-८० मा एक हजार २७५ उद्योगको नवीकरण, १६५ वटाको पूँजीवृद्धि, ३३ वटाको ठाउँसारी र ८४ वटाको नामसारी भएको सो कार्यालय जनाएको छ । 

आर्थिक वर्ष २०७९-८० मा एक करोड ६ लाख ३९ हजार २५० राजस्व संकलन भएको थियो । उक्त आवमा चार हजार ४६० जनाले रोजगारी पाएको प्रमुख सिंहले बताएका छन् ।