समाचार

काठमाडौँ महानगरमा सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध

By खबरहब

December 13, 2023

काठमाडौँ– काठमाडौँ महानगरपालिकामा बुधबारदेखि सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाएको छ । 

दुई साताअघि १२ मङ्सिरमै सार्वजनिक सूचना निकालेर २७ मंसिर बुधबारदेखि महानगरको ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध हुने जानकारी गराइएको थियो ।

बुधबारदेखि  महानगरभित्र प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णरूपमा निषेध भएको छ ।

कसैले अटेर गरी बिक्री वितरण गरेकोमा सुर्तीजन्य पदार्थको जफत गरी कानुनी कारबाही गरिने महानगरले चेतावनी दिएको छ ।