सांकेतिक तस्बिर

देश/प्रदेश

९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ७३ वर्षीय वृद्ध पक्राउ

By खबरहब

December 13, 2023

काठमाडौं- ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा तनहुँमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका ७ सेराडी बस्ने ७३ वर्षीय रनबहादुर सारू रहेको प्रहरीले जनाएको छ

सारूले ती बालिकालाई आफ्नै घरको कोठामा विभिन्न प्रलोभनमा पारी ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौतराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।