खेलकुद

युएई यू-१९ एसिया कपको सेमिफाइनलमा

By खबरहब

December 13, 2023

काठमाडौं – युएईले एसिसी यू–१९ एसिया कपको सेमिफाइनलमा प्रवेश गरेको छ । जापानलाई १ सय ७ रनले हराउँदै यूएई यू-१९ एसिया कपको सेमिफाइनलमा पहिलो पटक पुगेको हो ।

युएई सेमिफाइलमा पुग्दा टेस्ट टोली श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ । ३ खेलमा २ अंकका साथ तेस्रो स्थानमा रहेर श्रीलंका प्रतियोगिताबाट बाहिरियो ।

समूह बी बाट यूएई ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रह्यो । युएईले समूह ए को विजेता पाकिस्तानसँग शुक्रबार सेमिफाइनल खेल्नेछ ।

समूह बी मा ३ खेलमा अपराजित रहँदै बंगलादेश शीर्षस्थानमा रह्यो । बंगलादेशले शुक्रबार नै समूह ए को उपविजेता भारतसँग खेल्नेछ ।

नेपाल भने समूह ए मा तीन खेलमा नै पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।