सांकेतिक तस्बिर

देश/प्रदेश

६ किलो चरेससहित दुई जना पक्राउ

By खबरहब

December 13, 2023

काठमाडौं- बझाङबाट ६ किलोभन्दा बढी लागूऔषध चरेससहित दुई जना पक्राउ परेका छन् ।

दुर्गाथली गाउँपालिकाबाट केदारस्युँतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००९ प १४४० मोटरसाइकलमा सवार केदारस्युँ गाउँपालिका–९ का प्रेम बोहरा र सोही गाउँपालिकाको–८ का सुनिल बोहरा चरेससहित पक्राउ परेका हुन् । उनीहरूलाई दुर्गाथली गाउँपालिकाको आमरुखबाट प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट ६ किलो ६० ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपेश चौधरीले बताए । मोटरसाइकलसहित नियन्त्रणमा लिइ उनीहरू माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।