फाइल तस्बिर

अन्तर्राष्ट्रिय

सिगात्सेमा जागिर खान चाहने तिब्बतीले दलाई लामाको निन्दा गर्नुपर्ने

By खबरहब

December 13, 2023

बेइजिङ- चीनले जागिर खान चाहने तिब्बतीले धर्मगुरु दलाई लामाको निन्दा गर्नुपर्ने प्रावधान ल्याएको पाइएको छ । सिगात्सेका गाउँ विकास विस्तार कार्यक्रममा जागिर खान चाहनेले तिब्बती धर्मगुरु दलाई लामाको निन्दा गनुपर्ने प्रावधान समेटिएको छ ।

चीनले जारी गरेको ५५४ नयाँ सरकारी जागिरको कोटामा कलेज स्तरको शिक्षा पूरा गरेका तिब्बत स्वशासित क्षेत्रका नागरिकले दलाई लामाको निन्दा गर्नुपर्ने प्रावधान उल्लेख रहेको रेडियो फ्रि एसियाले जनाएको छ ।

चिनियाँ निर्देशिकामा जागिर खाना ‘विश्वासिलो र भरपर्दो नागरिक’ हुनुपर्ने र दलाई लामाको निन्दा गर्नुपर्ने र चिनियाँ कम्युनिष्ट पार्टीप्रति वफादार हुनुपर्ने उल्लेख छ ।

चीनले हाल भारतमा निर्वासित जीवन बिताइरहेका दलाई लामामाथि आङ्कवादलाई समर्थन गरेको र तिब्बतलाई चीनबाट टुक्र्याउने पृथकतावादीको संज्ञा दिने गरेको छ ।