फाइल तस्वीर

राजनीति

बागमतीको उपसभामुखमा तीन जनाको उम्मेदवारी

By खबरहब

January 14, 2023

काठमाडौं– बागमती प्रदेशको उपसभामुखका लागि सत्ता गठबन्धनका तर्फबाट एमालेकी अप्सरा चापागाईँ, कांग्रेसकी सुना परियार र नेपाल मजदुर किसान पार्टीकी गीता काफ्लेले उम्मेदवारी दिएका छन् । आज हुने उपसभामुख चयनका लागि उनीहरूले उम्मेदवारी दिएका हुन् । 

बागमती प्रदेश सचिवालयका अनुसार उपसभामुखको लागि सत्ता गठबन्धनको तर्फबाट एमालेकी चापागाईं, कांग्रेसकी परियार तथा नेपाल मजदुर किसान पार्टीकी गीता काफ्लेले उम्मेदवारी दर्ता गराएका छन् ।