राजनीति

कर्णाली सभामुखमा दुई जनाको उम्मेदवारी दर्ता 

By खबरहब

January 14, 2023

सुर्खेत– कर्णाली प्रदेश सभामुख पदका लागि कांग्रेसबाट खड्क पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । सुर्खेतको जिल्ला सभापतिसमेत रहेका पोखरेल सुर्खेत (क) बाट निर्वाचित प्रदेशसभा सदस्य  हुन् ।

त्यस्तै, एमालेबाट  सभामुखको लागि उम्मेदवारको नाम टुंगाएको छ। शनिबार एमालेले सभामुखको लागि नन्दा गुरुङको नाम टुङ्गो लगाएको हो । एमाले कर्णाली अध्यक्ष विनोदकुमार शाहले सभामुखका लागि गुरुङको नाम टुङ्गिएको र दिउँसो ४ बजेको समयमा उम्मेदवारी दर्ता गर्ने तयारी रहेको बताए ।

सत्तारुढ दलको भागबन्डामा कर्णालीको सभामुख एमालेको भागमा परेको छ। उनले भने ‘उप–सभामुख नेकपा माओवादी केन्द्रको भागमा परेको छ।’ एमालेकी गुरुङ सुर्खेतबाट समानुपातिक प्रदेशसभा सदस्य  हुन् ।