तस्वीर- क्लिकानो

अन्तर्राष्ट्रिय

ला रेयुनियन टापुमा बसाइँ सर्न प्रयासरत ४६ अवैध श्रीलङ्काली आप्रवासी पक्राउ

By खबरहब

January 14, 2023

काठमाडौँ- हिन्द महासागरस्थित फ्रान्सको प्रशासनमा रहेको ला रेयुनियन टापुमा अवैध रूपमा समुद्री मार्गबाट बसाइँ सर्ने प्रयास गरिरहेका ४६ श्रीलङ्काली पक्राउ परेका छन् ।

श्रीलङ्काली नौसेनाले विज्ञप्ति जारी गर्दै ती आप्रवासीहरू गत वर्ष डिसेम्बरमा राजधानी कोलम्बोबाहिरको तटीय शहर नेगोम्बोबाट माछा मार्ने ट्रलरमा सवार रहेको जानकारी दिएको छ ।

शुक्रबार राति पक्राउ पर्नेमा माछा मार्ने जहाजका चालक दलका सदस्य, दुई महिला र एक बालक र ४३ जना पुरुष रहेको जनाइएको छ । उनीहरुलाई थप अनुसन्धानका लागि अपराध अनुसन्धान विभागमा बुझाइने नौसेनाले जनाएको छ ।