उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ । फाइल तस्बिर

ब्रेकिङ स्टोरी

सरकार र यातायात मजदुरबीच वार्ता जारी

By खबरहब

February 14, 2023

काठमाडौं – सरकार र यातायात मजदुर नेताहरु बीच वार्ता सुरु भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा जारी वार्तामा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलनरत मजदुर संगठनको नेतासँग वार्ता सुरु भएको हो।

हिजो बालाजु क्षेत्रमा भएको आगजानी र तोडफोडको घटना भएको थियो। तीनवटा मजदुर संगठनले आज सवारी साधान नचलाउने निर्णय गरे पछि उनीहरुलाई वार्तामा बोलाएको हो।

मजदुर संगठनको हडताल पछि काठमाडौं उपत्यकामा सवारी साधान कमै मात्रा चलेका छन्। जसका कारण यात्रुहरु अलपत्र अवस्थामा छन्।