समाचार

बालाजुमा कार्यरत डीएसपी विष्टको जिम्मेवारी खोसियो 

By खबरहब

February 14, 2023

काठमाडौँ– प्रहरी वृत्त बालाजुमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टको जिम्मेवारी खोसिएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी हिमालयकुमार श्रेष्ठका अनुसार डिएसपी विष्टलाई रानीपोखरी तानेर उक्त ठाउँमा डीएसपी मनोजित कुँवरलाई पठाइएको छ।

सोमबार यातायात मजदुरले नयाँ बसपार्क क्षेत्रमा आन्दोलन गर्दा डिएसपी विष्ट चढ्ने गाडीलगायत प्रहरीका भ्यानमा आगजनी भएको थियो। 

ट्राफिक प्रहरीले जरिवाना बढाएको भन्दै भएको प्रदर्शनले उग्ररुप लिँदा बसपार्क, माछापोखरी लगायतका क्षेत्रमा तोडफोड र आगजनी भएको हो । सो बेला सुरक्षा मजबुत बनाउन नसकेको भन्दै विष्टलाई जिम्मेवारीबाट हटाइएको हो।