राजनीति

संसदीय अभिलेख व्यवस्थित बनाउन सभामुखको निर्देशन

By खबरहब

February 14, 2023

काठमाडौं– सभामुख देवराज घिमिरेले संघीय संसद्को अभिलेख व्यवस्थापनमा चासो लिएका छन् । मंगलबार संघीय संसद्को पुस्तकालय निरीक्षण गर्दै उनले संसदीय अभिलेख र संग्रहालयलाई व्यवस्थित बनाउन निर्देशन दिए । 

उनले पुस्तकालयलाई सरल र व्यवस्थित बनाउँदै अटोमेशनबाट सञ्चालन गर्ने कार्ययोजना बनाउन समेत निर्देशन दिए । 

सभामुख घिमिरेले संविधान निर्माणका क्रममा भएका गतिविधि र दस्तावेजलाई डिजिटल प्रविधियुक्त बनाइ अध्ययन अनुसन्धानमा सहजता अपनाइदिन पुस्तकालय शाखालाई निर्देशन दिए । उनले संसद् सङ्ग्रहालयको समेत निरीक्षण गरे । 

सभामुख घिमिरेसँगै संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतम, सचिवालय सचिवहरू सुदर्शन खड्का, डा। रोजनाथ पाण्डे लगायत पुस्तकालयको निरीक्षणमा सहभागी थिए ।