समाचार

प्रधानसेनापति र अमेरिकी उपसहायक विदेशमन्त्रीको भेट

By खबरहब

February 14, 2023

काठमाडौं– प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकी उपसहायक विदेशमन्त्री अफरिन अख्तरबीच भेटवार्ता भएको छ।

प्रधानसेनापति शर्मा र उपसहायक विदेशमन्त्री अख्तरबीच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको नेपाली सेनाले जनाएको छ। 

भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जंगी अड्डाले जनाएको छ।