क्रिकेट

ओडीआई क्रिकेटमा रोहितको हजार रन पूरा

By खबरहब

February 14, 2023

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले एकदिवशीय अन्तर्राष्ट्रिय ओडीआई क्रिकेटमा एक हजार रन पूरा गरेका छन्।

पौडेल एकदिवसीय अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गर्ने नेपालका पहिलो ब्याटरसमेत बने । विश्वकप लिग २ मा नामिबियाविरूद्धको खेलमा ५५ रन बनाएसँगै उनले यो उपविधि हात पारेका हुन् ।

रोहितले ३३ खेल खेल्दै १ शतक र ६ अर्धशतकको मद्दतमा एक हजार रन पूरा गरेका हुन् । रोहितले २०१८ मा नेदरल्यान्ड्सविरुद्ध एमस्टलभिनमा एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए । तर त्यसपछि खराब फर्मका कारण टिमबाट बाहिर थिए ।

०२१ को सेप्टेम्बरमा ओमान भ्रमणबाट उत्कृष्ट पुनरागमन गरेपछि उनी प्रदर्शनकै आधारमा नेपालको कप्तान बनेका थिए । उनले ६ अर्धशतक र एक शतक बनाइसकेका छन् ।