ब्रेकिङ स्टोरी

कांग्रेसको गठबन्धन तोड्नु एमालेको सफलता : ओली

By खबरहब

February 14, 2023

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन तोडेर नयाँ सरकार बनाउनु सफलता भएको बताएका छन् । 

काठमाडौंमा मंगलबार अनेरास्ववियुको महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले पाँच दलीय गठबन्धन तोडेर नयाँ सरकार बनाउनु एमालेको सफलता भएको बताएका हुन् । 

नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन तोडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठनमा निर्णायक भूमिका खेलका अध्यक्ष ओलीले पाँच दलीय गठबन्धन तोड्नुमा एमालेको सफलता भएको बताएका हुन् । 

पाँच दलीय गठबन्धन तोडेर प्रचण्डको नेतृत्वमा सरकार बनाएका उनले सरकार सञ्चालनका लागि आफू नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्रसमेत बनाएका छन् । तर, अहिलेको राजनीतिक समीकरण परिवर्तन पनि हुन सक्ने भन्दै उनले आफ्ना नेता तथा कार्यकर्तालाई सजग पनि बनाएका छन् ।