फाइल फोटो

राजनीति

उपचारका लागि माओवादी नेता पुन चीन प्रस्थान

By खबरहब

February 14, 2023

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वास्थ्य उपचारका लागि चीन प्रस्थान गरेका छन् ।

वंशाणुगत जन्डिसबाट पीडित पुन मंगलबार नियमित उपचारका लागि श्रीमती ओनसरी घर्तीसहित चीन प्रस्थान गरेको पारिवारिक स्रोतले जनाएको छ ।

उनी यसअघि ५ पुसमा उपचार गराएर चीनबाट फर्किएका थिए । चीनको सेनजेन प्रान्तस्थित थर्ड पिपुल्स अस्पतालमा उनको उपचार भएको थियो ।