फाइल फोटो

खेलकुद

१४ औं संस्करणको साफ च्याम्पियनसिप भारतमा हुने

By खबरहब

February 14, 2023

काठमाडौं । १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता भारतमा आयोजना हुने भएको छ । मंगलबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप– २०२३ भारतमा गर्ने निर्णय गरेको हो ।

यस अघि साफको १४ औं संस्करण बंगलादेशमा हुने तय थियो ।यद्दपी मिति र आयोजना हुने स्थान भने तय भएको छ । यस संस्करणको साफ च्याम्पियनसिपमा ७ राष्ट्रले सहभागिता जनाउदै छन् । अघिल्लो संस्करणमा भुटान र पाकिस्तानले सहभागिता जनाएको थिएन ।