ब्रेकिङ स्टोरी

माओवादी घटकको अन्तरक्रिया स्थगित

By खबरहब

March 14, 2023

काठमाडौं– माओवादी घटकका पार्टीले आज गर्ने भनिएको नागरिक अगुवा र बुद्धिजीवीहरूसँगको माओवादी घटकको अन्तरक्रिया स्थगित भएको छ। छलफल कार्यक्रम स्थल व्यवस्थापन हुन नसक्दा स्थगित गर्नु परेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए।  

सर्वोच्च अदालतले युद्धकालीन मुद्दालाई नियमित प्रक्रियाबाट हेरे पछि माओवादी घटकले आपत्ति जनाउँदै आएका छन । सोही बारेमा यसअघि गत २६ गते बसेको माओवादी घटकका पार्टीहरूको बैठकले पत्रकार सम्मेलन र अन्तरक्रिया गर्ने घोषणा गरेका थिए । गत २८ फागुनमा संयुक्त पत्रकार सम्मेलन गरेका माओवादी घटकले आज गर्ने भनिएको नागरिक अगुवा तथा बुद्धिजीविहरूसँग छलफल र अन्तरक्रिया गर्ने अन्तिममा स्थगित गरेका हुन ।

 सोही विषयमा माओवादी धारका पार्टीहरूले फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गरिसकेका छन्।