सांकेतिक तस्बिर

अपराध

अछाममा खैरो हिरोइनसहित एक महिला पक्राउ

By खबरहब

March 14, 2023

काठमाडौँ- अछाममा खैरो हिरोइनसहित एक महिला पक्राउ परेकी छिन् ।

जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ५ मंगलसेन बजारबाट प्रहरीले लागू औषध खैरो हिरोइनसहिन २८ वर्षिया महिलालाई पक्राउ गरेको हो ।

अछाम प्रहरीले उनको पहिचान भने सार्वजनिक गरेको छैन ।

प्रहरीका अनुसार आठ सय १० मिलिग्राम खैरो हिरोइनसहित ती महिला पक्राउ परेकी हुन् । आइतबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।