राजनीति

सर्वोच्चद्वारा महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने मागसहितको निवेदन दरपिठ

By खबरहब

March 14, 2023

काठमाडौँ- सर्वोच्च अदालतले महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने मागसहितको निवेदनलाई दरपिठ गरेको छ ।

पुरुष राष्ट्रपति भएकाले उपराष्ट्रपति महिलालाई बनाउनुपर्ने मागसहित सोमबार अधिवक्ता राधिका खतिवडाले दिएको निवेदनलाई सर्वोच्च अदालतले दरपिठ गरिदिएको हो ।

३ चैतमा हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि रामसहायप्रसाद यादवसहितको उम्मेदवारी निर्वाचन आयोगले कायम गरेको छ ।