सांकेतिक तस्बिर

देश/प्रदेश

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

By खबरहब

March 14, 2023

काठमाडौँ- बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिसंखु गाउँपालिका ४ मिजारटोल घर भई भक्तपुर सूर्यविनायक नगरपालिका ६ बस्ने ३२ वर्षीय बिनोद लामा रहेको प्रहरीले जनाएको छ ।

उच्च अदालत पाटनको २०७८ पुस २२ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ७ दिन कैद र २१ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले भक्तपुर सूर्यविनायबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पेस गरिएको छ ।