देश/प्रदेश

भक्तपुर नगरपालिकाद्वारा बाटो छेउ राखिएका मोटरसाइकल नियन्त्रण

By खबरहब

March 14, 2023

काठमाडौँ- भक्तपुर नगरपालिकाले नगरका विभिन्न स्थानका बाटो छेउ राखिएका मोटरसाइकल लगायतको सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

मोटरसाइकल वर्कसप, विक्रेताहरुले बाटोको छेउमा राखेका मोटरसाइकलहरु जफत गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा नगरको घलाटे र चुनदेवीमा २५ वटा पसल अनुगमन गर्दा पटकपटक हटाउन निर्देशन दिँदा पनि नहटाएका सामान र मोटरसाइकल जफत गरी ल्याएको जनाएको हो ।

पसल बाहिर बाटो र पेटीमा बेचविखनको लागि राखेको सामानहरु र मोटरसाइकलहरु जफत गरी ल्याएको अनुगमन समितिका संयोजक राजकृष्ण गोराले बताए । अनुगमनमा ब्रदर्श रिकन्डिसन हबलाई बाटो र पेटीमा बिक्रीको लागि राखिएको मोटरसाइकल नराख्न पटकपटक निर्देशन दिँदासमेत अटेर भएकोले प्र। ३ – ०२ – ०१२ प ५५७० को मोटरसाइकल जफत गरी तीन दिनभित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दिएको जनाइएको छ ।

कृष्ण किराना पसलमा जम्बो स्प्राइट ३ वटा म्याद नाघेकोले नष्ट गर्न निर्देशन दियो । श्रीलाल कोसवारको ग्रील पसल तथा वर्कशप, रिचा भुसालको किराना पसल, सुस्मिता श्रेष्ठको साधारण जलपान पसल त्यही“ दर्ता गराएको निरीक्षणमा सहभागी वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताए ।

अनुगमनमा वडाध्यक्ष श्यामकृष्ण खत्री, वडासदस्य रीता फसिकवा, भनपा श्यानिटेशका नगर निरीक्षक।दिलिपकुमार सुवाल, वडा निरीक्षक।रामकृष्ण प्रजापति, कर शाखाका मोहनदेबी व्याञ्जु, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरीक्षक विनोद सुवाल, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, भक्तपुर उद्योग बाणिज्य संघका राजु त्वानाबासु, घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठको सहभागी थिए ।