ब्रेकिङ स्टोरी

राष्ट्रपतिको स्वकीय सचिवमा चालिसे, निजी सचिवमा अधिकारी नियुक्त

By खबरहब

March 14, 2023

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलकाे प्रमुख स्वकीय सचिवमा डा. सुरेश चालिसे र निजी सचिवमा चिरञ्जीवी अधिकारीलाई नियुक्त गरिएको छ।

राष्ट्रपतिनिकट स्रोतका अनुसार मंगलबार पौडेलले चालिसे र अधिकारीलाई नियुक्त गरेका हुन् । चालिसे अमेरिका र बेलायतका राजदूत भइसकेका छन् । भने अधिकारी यसअघि पनि पौडेलका स्वकीय सचिव थिए।

राष्ट्रपतिले निजी सचिवालयमा १९ जना नियुक्त गर्न पाउने व्यवस्था छ। यसबाहेक अरूको टुंगो लागिसकेको छैन।