सांकेतिक तस्बिर

देश/प्रदेश

घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक युवाको शव फेला

By खबरहब

March 14, 2023

सुर्खेत– सुर्खेतमा एक युवाको शव फेला परेको छ। वीरेन्द्रनगर नगरपालिका–१० मा एक युवाको शव घाँटी रेटिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मंगलबार अपराह्न ४ः३० बजेतिर ती युवाको शव भेटिएको हो। उनको परिचय खुल्न सकेको छैन। मृतक युवा अन्दाजी ३० वर्षका रहेको जनाइएको छ। शव घटनास्थलमै छ। घटनास्थललाई प्रहरीले सुरक्षित गरेको छ।