क्रिकेट

चौथो खेलमा गुजरातको तेस्रो जित

By खबरहब

April 14, 2023

काठमाडौँ – इण्डियन प्रिमियर लिग (आइपिएल)मा साबिक विजेता गुजरात टाइटन्सले पन्जाव किङ्सलाई पराजित गरेको छ।

बिन्द्रा स्टेडियम मोहालीमा बिहीबार राति भएको खेलमा घरेलु टोली पन्जाब किंग्सलाई गुजरातले ६ विकेटले हराएको हो।

पन्जावले दिएको १५४ रनको लक्ष्य गुजरातले १९.५ ओभरमा भेट्टायो। गुजरातका लागि सुभमन गिलले ६७ र रिद्धिमन शाहले ३० रन जोडे।

पन्जावका लागि अर्शद्वीप सिंह, कागिशो रबडा, हर्पित बरार र श्याम कुरनले समान एक एक विकेट लिए।

टस हारेर ब्याटिङ गरेको पञ्जावले २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन बनाएको थियो।​

जितसँगै ६ अंक जोडेको गुजरात तालिकाको तेस्रो स्थानमा छ । उसले अहिलेसम्म ४ खेलमा ३ मा जित र १ मा हार ब्यहोरेको छ।

पन्जाब ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ छैटौं स्थानमा रहेको छ ।