अन्तर्राष्ट्रिय

ब्रम्हाण्डमा सम्भव छ जीवको अस्तित्व

By मनोज घिमिरे

April 14, 2023

कुनै समय चन्द्रमालाई आफ्नो लक्ष्य बनाएको अन्तरिक्ष विज्ञानले बृहस्पतिसम्मको लक्ष्य राखेको छ। विज्ञानको नयाँ चमत्कार र सनसनीको रूपमा हेरिएको यो अभियान सायद शुक्रबार सुरु हुनेछ।

बिहीबार तय गरिएको यो अभियान मौषमीय अवस्था सही नभएपछि स्थगित भएको हो। अहिलेको मौसममा पृथ्वीको सतह छाडेर बाहिर निस्केपछि चट्याङ पर्ने सम्भावना भएकाले जोखिम नउठाइएको हो।

युरोपियन स्पेस एजेन्सी (इएसए)ले शुक्रबार अर्को पटक प्रयास गर्ने जनाएको हो। पृथ्वी देखि बृहस्पतिको मुख्य उपग्रहसम्म यानको यात्रा आठ वर्ष लामो हुनेछ। एजेन्सीको यो अहिलेसम्मकै सबै भन्दा ठूलो र महत्त्वाकाङ्क्षी योजना हो। यो परियोजनालाई जनपिटरको आइसी मूल एक्सप्लोरर या जुस पनि भन्ने गरिन्छ।

अहिलेको जुस परियोजनाले जीवनको सम्भावनाको खोजी गर्दैन। एलियन माछाका तस्बिर पनि त्यसले पृथ्वीमा पठाउने छैन। बृहस्पतिमा अनुमान गरिएका लुकेका महासागरका सामान्य अर्गानीजनमका बारे अध्ययन गर्न यसले सहयोग गर्नेछ। इएसएका विज्ञान निर्देशक प्राध्यापक कार्लो मुन्डेल यो अत्यन्त हावादारी उपाय नभएको प्रतिक्रिया दिन चाहन्छिन्।

‘चाहे जत्ति सुकै कठिन अवस्था किन नहोस्। उच्च अम्लीयपन, अत्यधिक विकिरण,कम तापक्रम या उच्च तापक्रम कुनै पनि स्थानमा माइक्रोबायोलीजमको सम्भावना कायम रहन्छ’, उनी अगाडि भन्छिन्, ‘यदि हामी पृथ्वीको ज्वालामुखी तहमा हेर्यौं भने यस्तै अवस्था रहेको अन्य अवस्थामा सूक्ष्म जीवाणु अवशेष किन नहुने भन्ने प्रस्ट हुन्छ। यही कुरा जुसमा पनि लागू हुन्छ।’

१ दशमलव ६ अर्ब पाउन्डको यो मिसन बिहीबार फ्रेन्च गुयनाको कोराउबाट एरियन ५ रकेट मार्फत छुट्ने योजना थियो। एयिरनसँग जुस सिधै बृहस्पतिमा पुग्ने क्षमता भने छैन। आन्तरिक सौर्य मण्डलको भित्री तहमा रहेर यसले काम गर्छ। शुक्र र पृथ्वीको एउटा शृङ्खलाले त्यहाँसम्मको यात्रा तय गर्न बाटो तय हुनेछ। यो ३१ जुलाईमा जोभियन सिस्टम अनुसार फिर्ता हुने अनुमान गरिएको छ।

जुस चन्द्रको नजिकैको बाटो ३५ पटक यात्रा तय गर्ने छ। चन्द्रमाको सतहको चार सय किलोमिटर नजिकसम्म सो यान पुग्ने छ। त्यस स्पेसक्राफ्टले १० यन्त्र बोक्ने छ। त्यहाँ थुप्रै क्यामरा हुने छन्। पार्टिकल डिटेक्टर, नक्साको सब सर्फेसको रेडर, विभिन्न सतहको थ्री डी नक्सा बनाउने यन्त्र लगायत त्यहाँ प्रस्तुत हुनेछन्।

बेलायतले उपलब्ध गराएको सो म्याग्नोमिटरले प्रशस्त डाटा उपलब्ध गराउने छ। लन्डनको इम्पीयल कलेजले तयार गरेको अनुसन्धानले बृहस्पतिको त्यस उपग्रहको लुकेको महासागरको बारे थप जानकारी दिनेछ। अर्को यन्त्र ग्यानमिसाइड हो। यसले कणको बारे सूक्ष्म जानकारी दिनेछ।

‘हामी महासागरको गहिराइ थाहा पाउन सक्छौं। यो नुनिलो छ। यो महासागर चट्टाने धातुसँग जोडिएको छ’, इम्पेरियलका म्याग्नोमिटर सिद्धान्त प्रतिपादक प्राध्यापक मिखाइल डोगर्टीले भने। ‘यसले हामी उपग्रहको आन्तरिक संरचनाको बारे थाहा पाउन सक्छौं। सतहमा अन्य यन्त्रबाट पनि हेर्न सक्ने छौं। हामी त्यहाँको जैविक तत्त्वका बारे पनि थाहा पाउन सक्छौं।

पृथ्वीले हामीलाई बाच्नका लागि चार कुरा आवश्यक छ भन्ने सिकाएको छ। पानी, केही खनिज या खाद्यान्न, शक्तिको श्रोत र खाद्यान्न संरक्षण गर्ने जैविक अवस्था। यसैको आधारमा पृथ्वीपछि मानव बस्तीको लागि सबै उपयुक्त स्थान मङ्गल भएको ठहर भएको हो। तत्काल नभए पनि कुनै दिन मङ्गलमा मानव बस्तीको सम्भावना निश्चित मानिएको छ।

तर अन्तरिक्ष जीव वैज्ञानिकहरू भने ब्रह्माण्डको कुनै पनि स्थानमा जीवको सम्भावनाको कुरा गर्छन्। हिउँ भरिएको बृहस्पतिको उप ग्रह तथा शनिमा पनि यो सम्भावना देख्न थालिएको छ। सौर्य मण्डलको बाहिर पनि यो ब्रह्माण्डका धेरै स्थान छन्। त्यहाँ पुरै चिसो हुन सक्छ। यसका बाबजुद चार आवश्यक तत्त्व भएमा र शक्तिको कुनै श्रोत भएमा जीवको अस्तित्व हुन सक्छ भन्ने वैज्ञानिक ठहर हो। ताराबाट तातो र प्रकाश मात्र प्राप्त भएको छैन। त्यहाँको गुरुत्वाकर्षणले उप ग्रहको सन्तुलनलाई मिलाइ रहेको छ। त्यहाँ हरेक सम्भावना पनि हुन सक्छ भन्ने ठहर हो।

त्यहाँ कुनै तत्त्व हुनसक्छ जसले पानीलाई तरल अवस्थामा राख्नसक्छ। साथै महासागरमा ज्वालामुखीको भेललाई राख्न सक्छ। प्राध्यापक मण्डल पृथ्वीको मानसको उत्पत्तिलाई हेर्ने हो भने यी सबै कुराको थप सम्भावना पनि देख्छन्।

‘यदि यो कुरामा बाजी राख्नु परेमा म युरोपाको तर्फबाट आज हामीले भोगेको जस्तै जीवको अस्तित्व अन्त पनि छ भन्ने पक्षमा उभिन्थेँ,’ वेस्ट मिनिस्टर विश्व विश्वविद्यालयका अन्तरिक्ष जीव वैज्ञानिक प्राध्यापक लेविस डार्टनेलले भने। उनकै विचारमा अहिले मङ्गलमा जीवको अस्तित्व भन्दा पनि बृहस्पतिको उपग्रहमा सम्भावना रहेको बताउँछन्।

अर्को वर्ष अमेरिकाले पनि क्लीपर नामको अर्को मिसनको तयारी गरेको छ। यसले युरोपाको जस्तै लक्ष्य राखेको छ। त्यो भन्दा २५ किलोमिटर तल जाने त्यो यान केही समय कक्षकै घुमेर सतहमा पुग्ने छ। मङ्गल ग्रहकै हकमा भने अझ थप अध्ययन भइरहेको छ । अबका केही वर्ष भित्रमा मङ्गलमा पुगेर फेरी पृथ्वीमै फर्कने यानको तयारी हुन थालेका छ। त्यसो भएमा एउटा नयाँ फड्को हुनेछ।

बृहस्पति र शनिको उपग्रहको अध्ययनका बारे धेरै कुरा अघि बढी सकेको छैन। यी धेरै कुरा परिष्कृत हुन बाँकी नै छन्। तर, के सम्भावनाको आकलन गरिएको छ भने अध्ययन अघि बढ्दै जाँदा यस शताब्दीको अन्त्यसम्ममा पृथ्वी बाहेक अन्य धेरै स्थानमा बसोबासको अवस्था पनि हुन सक्छ। यो हिउँ भएको तथा पानीको सतह एकदमै तल भएको स्थानमा पनि अझ धेरै सम्भावनाको बारे अध्ययन हुनसक्छ।

‘यदि हामी बृहस्पति र शनिको उपग्रहमा जीवको अस्तित्व फेला पार्न सक्यौ भने यो साँच्चै फरक र स्वतन्त्र जीव हुनेछ,’ अन्तरिक्ष वैज्ञानिक सर मार्टिन रेसले भने। सौर्य मण्डलमा दोस्रो पटक जीवनको स्वतन्त्रता पूर्वक सुरुवात भएको पनि साबित हुनेछ। यो भ्रम होइन। हामीले आकाशमा हेरेमा अरबौँ तारा हरू छन्। धेरै परसम्म हामीले हेरेका छौं। हामीले देखेका ती हरेक स्थानमा त्यत्तिकै सम्भावनासमेत छ। स्रोत : बीबीसी