ब्रेकिङ स्टोरी

प्रमुख तीन दलको बैठक स्थगित

By खबरहब

April 14, 2023

काठमाडौं– सभामुख देवराज घिमिरेको आह्वानमा शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको प्रमुख तीन दलको बैठक स्थगित भएको छ । 

संसद्को बिजनेसलगायतका विषयमा शुक्रबार दिउँसो १ बजे बस्नेगरी सभामुख घिमिरेले कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठक आह्वान गरेका थिए ।  तर, बैठक स्थगित भएको र स्थगित बैठक कहिले बस्ने यकिन भइनसकेको सभामुखको सचिवालयले जनाएको छ । 

 सभामुख घिमिरेले संसद्को बिजनेस, संसदको विषयगत समिति गठनलगायतका विषयमा सहमति जुटाउन तीन दलको बैठक आह्वान गरेका थिए ।